पोखरामा नारायणगोपाल स्मृति साँझ हुने

पाेखरा | मंसिर १५, २०७९

पोखरामा नारायणगोपाल स्मृति साँझ हुने

पोखराः   स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको पूण्य तिथीको अवसरमा पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ आयोजना हुने भएको छ ।


रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा मंसिर १९ गते सोमबार कार्यक्रम आयोजना हुन लागेको हो ।


गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजना हुने स्मृति साँझमा गायक÷गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गर्ने छन् ।


वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।


स्वरसम्राट नारायणगोपालका गीतहरुलाई पछिल्लो पुस्तामाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले बताए । अग्रज श्रष्टाको योगदानको कदर स्वरुप स्मृति साँझ आयोजना गरिने सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल र कलाकार संघका अध्यक्ष सुनील थापाले बताए ।


विगत केहि बर्षदेखि रेडियोले स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रमको रेडियो अन्नपूर्ण, पब्लिक एफएम र अनलाइन अन्नपूर्णबाट समेत प्रत्यक्ष प्रशारण गरिने छ ।

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्